सरकार, मजदुरको पिर बुझ्ने कहिले? | COVID-19 | Home Quarantine Special | EP 28
Manage episode 258903946 series 2612410
सरकारले कोरोना रोकथामको लागि भन्दै चैत्र ११ गतेदेखि लागु हुने गरि लकडाउन गरेको छ । लकडाउन लम्बिदै गर्दा दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका मानिसहरुलाई अफ्ठ्यारो परिरहेको छ । यस्तो असहज परिस्थीतिमा पनि सरकारले नागरिकको सम्मानपुर्वक बाच्न पाउने हक अधिकारलाई सम्बोधन नगरेको भन्दै यहि मिति २०७६ चैत्र ३० गते सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषण परमादेश लगायत अन्य जो चाहिने आज्ञा आदेश जारि गरि पाउँ भनि रिट निवेदन परेको छ त्यसैले आजको डबलीमा यहि निवेदनको विषय र सरकारले गरेका कामको बारेमा दोलखाबाट गणेश बुढाथोकी र काठमाडौबाट सन्जय अधिकारी गफ गर्दैछन् ।
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Nabin Silwal, Ganesh Budhathoki and Suresh Bidari.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस