सरकार, नागरिकको दु:ख कहिले देख्ने..? | COVID-19 | Home Quarantine Special | EP 32
Manage episode 259261104 series 2612410
सर्वोच्च अदालतले अस्थायी बासस्थान वा कार्यक्षेत्रबाट घर फर्किन चाहेका नागरिकलाई अविलम्ब सुरक्षित रूपमा घर फर्काउन सरकारका नाममा अन्तरिम आदेश जारी गरि सकेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
यसै विषयमा रहेर आजको डबलीमा साथी दीपज्योति श्रेष्ठ वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासँग गफ गर्दै हुनुहुन्छ |
‘तन्नेरी डबली’ एउटा Podcast Series हो | डबलीमा हामी यहि विषयमा गफ गर्छौं भन्ने छैन तर हाम्रो गफ राजनीतिक भन्दा पनि सार्वजनिक सरोकारको विषय, current affairs, कहिलेकाही युवाको सरोकारको विषय, random issues हरु हुनेछन् |
यो podcast को बारेमा सल्लाह सुझाव भए हामीलाई podcast@tannerichaso.net मा इमेल गर्न सक्नुहुन्छ |
Production Team: Deepjyoti Shrestha, Nabin Silwal, Ganesh Budhathoki and Birgunj Shivanath.
Music: Joseph McDade-Moving Mountains & 500509__jcadwell__ambient-pad-cmaj7
79 एपिसोडस